बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साम्राज्ञीसँग आकाशको जोडी कस्तो  ?

बुधबार, ०७ चैत २०७४, १८ : १०
बुधबार, ०७ चैत २०७४

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित अर्काे चलचित्र ‘तिमीसँग’ पनि हो । २३ चैतबाट यो चलचित्र देशभर प्रदर्शनमा आउँदैछ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको टाइटल गीत रिलिज गरिएको छ । गीतमा साम्राज्ञी अभिनेता आकाश श्रेष्ठसँग देखिएकी छन् । 

गीतमा अन्नपूर्ण बेशक्याम्पमा खिचिएको बताइएको चलचित्रको गीतमा अभिनेत्री साम्राज्ञी निकै राम्रो देखिएकी छन् । शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा साम्राज्ञीलाई आकाशको र जोडी सुहाएको देखिएको छ । 

मधुरा भट्टचार्य र राहुल मुखर्जीले स्वर रहेको गीतमा राहुल मुखर्जीले संगीत भरेका छन् । लेखु सहयात्रीको शब्दमा तयार भएको यो गीत दर्शकले मन पराउने अपेक्षा निर्माण युनिटको रहेको छ । 

चलचित्र ‘तिमीसँग’मा नाजिर हुसेन, सुनिल विक, शिशिर राणा, अनुपम श्रेष्ठलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । शिशिर राणाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रमा विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा समेटिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप