‘लिलिबिलि’ पोष्टरः प्रदीप र जसिताको रोमान्टिक मुड
काठमाडौं – दर्शकमा राम्रो क्रेज भएका अभिनेता प्रदीप खड्का अभिनित ‘लिलिबिलि’ आगामी ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र हो ।चलचित्रको बुधबार केही पोष्टर रिलिज गरिएको छ । अभिनेता प्रदीप र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा रहेको चलचित्रको पोष्टरमा पनि यी दुबै कलाकारलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । भिन्न–भिन्न तीन प्रकारको पोष्टरले चलचित्रप्रति दर्शकको चासो बढाउने निर्माता गोबिन्द शाहीले बताए ।
चलचित्रमा यी दुबै कलाकारको अलवा प्रियंका कार्की, अनुपबिक्रम शाही , सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुवदत्त, रितेस चाम्स लगायतको समेत अभिनय रहेको छ । तर निर्माण युनिटले भने प्रदीप र जसितालाई मात्र प्रचार अगाडी सारेको छ ।
मिलन चाम्स निर्देशित ‘लिलिबिली’ स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुल लगायत स्थानमा छायाँकन गरिएको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
सुदिप बरालले खिचेको चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जि सीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँः मन्त्री भण्डारी
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक, नेपाल जिततर्फ अग्रसर
-
तीन तहबिच स्रोतको न्यायोचित वितरण सुनिश्चित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्छः मन्त्री अधिकारी