मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीका सवारी साधन असुरक्षित, ५ जना पक्राउ

बुधबार, ०७ चैत २०७४, १७ : ५८
बुधबार, ०७ चैत २०७४

काठमाडौं– राजधानीका सार्वजनिक सवारीसाधनहरु महिला तथा बालिकाका लागि असुरक्षित हुन थालेका छन् ।  काठमाडौंको चक्रपथमा सार्वजनिक यातायातका सवारीचालक र सहचालकहरुले एक बालिकालाई सामुहिक बलात्कार गरेको घटना बाहिरिएसँगै यहाँका सार्वजनिक गाडीहरु असुरक्षित भएको भेटिएको हो । 

गत फागुन १७ गते बल्खुमा निस्किएकी १५ वर्षीया बालिकालाई बा.४.ख.३८५१ नम्बरको गाडीचालक र सहचालकले लगेर १० दिनसम्म विभिन्न स्थानमा बन्धक बनाएर सामुहिक बलात्कार गरेका थिए । उक्त गाडीका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलासहित बा २ ख २१९५ नम्बरको गाडीका चालक भोला तामाङ्ग, सहचालक चन्द्रबहादुर सापकोटा र अर्को गाडीका सहचालक सुदिप बजगाईले बलात्कार गरेको महानगरीय प्रहरी परीसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुले बालिकालाई फागुन १७ गते साँझ बसुन्धरा ग्यारेजमा, १८ देखि २४ गतेसम्म ललितपुरको हरिसिद्धिस्थित कोठामा, २४ र २५ गते गाडीमै र २७ गते स्वयम्भु ग्यारेजमा राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ । लगातार बलात्कार गरेका उनीहरुले फागुन २८ गते बालिकालाई गर्भनिरोधक औषधी खुवाएर २ सय ५० रुपैँया दिई स्वयम्भुमा लगेर छाडेका थिए । प्रहरीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरी जवर्जस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप