शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा प्रदेशस्तरीय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको माग

बुधबार, ०७ चैत २०७४, १७ : ३२
बुधबार, ०७ चैत २०७४

सुर्खेत –प्राविधिकहरुले कर्णालीमा प्रदेशस्तरीय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान स्थापना गर्न माग गरेका छन् । 
कर्णालीका दश जिल्लाका पशु प्राविधिकहरुले अध्ययन संस्थान स्थापना गरी उपयुक्त पशु बालीहरुको अनुसन्धान मुलक कार्यको थालनी गर्न माग गरेका हुन् । 
नेपाल पारा भेटेरीनरी एण्ड लाईभस्टक एशोसिएसनको कर्णाली प्रदेशस्तरीय भेलामा यस्तो माग गरिएको हो । 
कर्णाली प्रदेश कृषि र पशु क्षेत्रमा सम्भावना बोकेको भन्दै यस क्षेत्रको स्तर उकास्न सहयोग पुग्ने बताएका छन् । 
उनीहरल्े कृषि र पशुपालन गर्न चाहने युवाहरुलाई परियोजना लक्षित प्रि तालिमको व्यवस्था गरि व्यवसाय सञ्चालनमा संलग्न हुने वातावरण सिर्जना गर्नुपर्ने भन्दै युवाहरुलाई प्रि तालिमको व्यवस्था गरे दिगो व्यवसाय र जोखिम न्यूनिकरण गर्न सकिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप