आर्थिक कुटनीतिलाई जोड दिन चेम्बरको आग्रह
काठमाडौं– नेपाल चेम्वर अफ कमर्शले आर्थिक कुटनीतिलाई जोड दिन आग्रह गरेको छ ।
बुधबार चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँंग सिंहदरवारमा भेटी आर्थिक कुटनीतिलाई अगाडि सार्न माग गरेको हो ।
भेटघाटमा अध्यक्ष श्रेष्ठले नेपालका सवै प्रदेशहरु पर्यटनका हिसावले सम्भावनायुक्त रहेकोले नेपाल आउने पर्यटकलाई लामो समय नेपालमै वस्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
त्यसक्रममा चेम्बर प्रतिनिधिहरुले दुई देशवीचको व्यापारलाई प्रवद्र्धन गर्न तातोपानी, कोरलालगायतका नाकाहरुलाई व्यवस्थित बनाउने पहल गर्न सुझाव दिएका थिए ।
जवाफमा मन्त्री ज्ञवालीले आर्थिक विकास सरकारको पहिलो उद्देश्य रहेको भन्दै त्यही अनुसार विदेशी कुटनीतिलाई अगाडि वढाइरहेको जानकारी दिए ।
टोलीमा चेम्वरका निवर्तमान अध्यक्ष सुरेश कुमार वस्नेत, उपाध्यक्षहरु दीपककुमार मलहोत्रा, ईच्छाराज तामाङ्गलगायतका चेम्वरका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू