शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंकमा ३६५ दिन नै सेवा

बुधबार, ०७ चैत २०७४, १७ : १३
बुधबार, ०७ चैत २०७४

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक बिदाका दिन पनि देशका विभिन्न स्थानका २० वटा शाखामा ३६५ दिन नै सेवा प्रदान गर्ने भएको छ । 

यसअघि प्रधान कार्यलय पुतलीसडक तथा टिकापुर शाखाबाट  यो सुविधा उपलब्ध गराउंदै आएको बैंकले आगामी चैत १० गतेबाट लागु हुनेगरि सेञ्चुरी बैंकका २० काउन्टरमा विस्तार गर्ने भएको हो ।

त्यस्तै बैंकले ९ वटा कार्यलयहरुबाट ३६५ दिने नगद कारोबार र लकरको सुविधा समेत उपलब्ध गराउने भएको छ । यसरी बैंकको काउन्टर संचालन हुने शाखाहरुमा क्रमश पुतलीसडक, विर्तामोड, बुटवल, धुलिखेल, टिकापुर, जनकपुर, भैरहवा, न्यूरोड, बिराटनगर, वीरगञ्ज, पोखरा, मानभवन, इटहरी, हेटौंडा, नेपालगञ्ज, सामाखुसी, धरान, नारायणगढ, धनगढी र कोटेश्वर रहेका छन् । 

त्यस्तै पुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ, बुटवल, पोखरा, न्यूरोड, मानभवनबाट लकर सोव प्रदान गर्ने  बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप