बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा ऐन नवौं संशोधन खारेज गर्न माग

बुधबार, ०७ चैत २०७४, १७ : ०२
बुधबार, ०७ चैत २०७४

काठमाडौं– नेपाल विद्यार्थी संघ त्रिवि समितिले शिक्षा ऐन २०२८ मा भएको नवौ संशाेधन राष्ट्रको हितमा नभएको भन्दै खारेज गर्न माग गरेको छ । 

समितिले नवौ संशोधनबमोजिम आन्तरिक विज्ञापनतर्फ चैत २३ गतेलाई तोकिएको परिक्षा तत्काल खारेज गर्न पनि माग गरेको छ ।

समितिले बुधबार पत्रकार सम्मेलन गरी २०७२ असोजपछि रिक्त रहेका पदहरुमा पदपुर्ति गर्न खुल्ला विज्ञापन गर्न माग गरेको हो । 

त्यस्तै प्रत्यक बर्ष खुल्ला पदपुर्तिका लागि शिक्षा सेवा आयोग खोल्न तथा प्रत्यक बर्ष अध्यापन अनुमतिपत्रका लागि परिक्षा लिनुपर्ने, शिक्षामा राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने, बैज्ञानिक र प्राविधिक शिक्षाको

ग्यारेष्टि गर्नुपर्ने तथा सम्पुर्ण सरकारी कर्मचारी र शिक्षकहरुका छोराछोरी सामुदायीक विद्यालयमा पढाउनुपर्ने माग गरेको छ । 

सो समितिले आफ्ना मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा विभाग र शिक्षक सेवा आयोगमा बुझाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप