शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सोफिया’मा देखियो प्राविधिक गडबडी, कार्यक्रम रद्द

बुधबार, ०७ चैत २०७४, १६ : ५७
बुधबार, ०७ चैत २०७४

काठमाडौँ । चर्चित सेलिब्रेटी रोबोट ‘सोफिया’ मा प्राविधिक गडबडी आएपछि संयुक्त राष्ट्रसंघ विकास परियोजना (युनएनडिपी) ले बुधबार साँझ गर्ने भनेको सार्वजनिक अन्तरक्रिया कार्यक्रम रद्द गरेको छ ।

युएनडिपीले ‘गम्भिर प्राविधिक गडबडी’ का कारण कार्यक्रम रद्द गर्नुपरेको जनाएको छ ।

यसअघि, ‘सोफिया’ बुधबार काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्मेलनमा वक्ताको रुपमा उपस्थित भएकी थिइन् ।

कार्यक्रममा उनले प्रविधिको प्रयोगले सुशासन कायम राख्न सकिने पनि स्पष्ट पारेकी थिइन् । उनले नेपालजस्तो विकासोन्मुक देशको विकासको गतिलाई तीव्रता दिन पनि प्रविधिको सही उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

सोफिया मानिस सरह नागरिकता पाउने रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिना अघि महिलाको रुपमा नागरिकता दिएको थियो । 

मानव स्वरुप र हाउभाउ भएकी सोफियालाई हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले निर्माण गरेको हो । 

सोफिया विश्वभर हुने कार्यक्रमको आकर्षणको केन्द्र बन्दै आएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप