शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको शाखारहित सेवा रामेछापमा

बुधबार, ०७ चैत २०७४, १६ : ३४
बुधबार, ०७ चैत २०७४

रामेछाप –ग्लोबल आइएमई बैंकले रामेछाप जिल्लाको गोकुलगंगा गाँउपालिका वडा नं. ४, बेतालीमा शाखारहित बैैकिङ सेवा सञ्चालनमा ल्याएको छ । 
स्थानीय बुद्घिजीवी, सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय निकाय र दलका प्रतिनिधिहरुको रोहबरमा बैंकले ७९ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । 
उक्त स्थानमा खोलिएको सेवाका लागि स्थानीय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।  
यसका साथै सो बैंकले चैत ६ गतेबाट वित्तीय साक्षरता जगाउने उद्धेश्यले रामेछापको बेतालीमा “वित्तीय साक्षरता कार्यक्रम” संचालन गरेको छ । 
उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले बेताली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप