शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ढिस्कोले पुरिएर तीन वर्षीया बालिकाको मृत्यु

बुधबार, ०७ चैत २०७४, १५ : ५१
बुधबार, ०७ चैत २०७४

डोटी– नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो । घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो । 

घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पु¥याउने क्रममा उनको मृत्यू भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन् । 

घटनामा परी दिपायल सिलगढी नगरपालिका–२ दिपायलका ५६ वर्र्षीय चेत साहु घाइते भएका छन् । उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप