बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार घट्नेक्रम रोकिएन, बुधबार दोहोरो अंकको गिरावट

बुधबार, ०७ चैत २०७४, १५ : ४७
बुधबार, ०७ चैत २०७४

काठमाडौं–सेयर बजार ओरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।  बुधबार नेप्से परिसुचक २४.४० अंकले घटेर  १२३१.०७ बिन्दुमा आइपुगेको छ ।  समग्रमा बजार १.९४ प्रतिशतले घटेको हो ।  कारोबारमा सामेल १५१ कम्पनीको ३७ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । 

केही समययता सेयर बजारले लगानीकर्तालाई खुसी दिन सकेको छैन । बैकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव अझै नहट्नु,  ब्याजदर महंगो हुनु र  माग भन्दा आपुर्ति बढी हुनुलाई सेयर बजार घट्नुको कारण मानिदै आएको छ । यद्यपि, बजारको घटबढमा लगानीकर्ताको मनोविज्ञान भने निकै हाबी  हुने गरेको छ ।

 यसकारण लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुनुपर्छ भनिन्छ ।  पुँजी बृद्धिका नाममा विभिन्न कम्पनीले हकप्रद र बोनस सेयरको बाढी नै ल्याए तर सो अनुपातमा नाफा गर्न नसक्दा बजार पनि प्रभावित बनेको हो ।  

यो दिन उत्पादन र प्रशोधन बाहेक सबै समुह राताम्मे छन् । उत्पादन र प्रशोधन समुह भने  ५८.४८ अंकले बढेको छ । सबैभन्दा बढी बिमाका लगानीकर्ताले गुमाएका छन् । बिमा समुह १८६.६९ अंकले घटेको छ । यस्तै माइक्रो फाइनान्सतर्फ ४८.५२ अंकले घट्दा होटल समुहमा २३.३१ अंकको गिरावट आएको छ ।  

बजार घट्दा नेपाल लाइफ इन्सुरेन्सको ३ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको करोबार भएको छ ।  दोस्रो बढी कारोबार हुनेमा नेपाल बैंक लिमिटेडको २ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप