बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मकैमा दाना नलागेपछि किसान मारमा

बुधबार, ०७ चैत २०७४, १५ : ०८
बुधबार, ०७ चैत २०७४

कलैया– हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् ।  बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन् । कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ । 

मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी हुने जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए । यस वर्ष किसानले कूल हिउँदे मकै चार हजार ६३५ हेक्टरमा हाईब्रिड जातका पाइनियर ३५२२, ३७८५ र बिस्को ९४० जातका मकै लगाउनुभएको छ । 

बाराको सिमरा, डुमरवाना, फत्तेपुर, इनर्वाशिरा, निजगढ, रतनपुरी, कोल्हवी, सपही, नरही, सिम्रौनगढ, वरियापुर र सुखि पथरामा करिब तीन हजार ५२० हेक्टरमा लगाइएको मकैको घोगामा दाना नलागेका साहले बताए । गतवर्ष कृषकले चार हजार ६५३ हेक्टरमा खेती गरी प्रति हेक्टर ७ दशमल ८० मेट्रिक टनका दरले ३६ हजार १५३ मेट्रिक टन हिउँदे मकै उत्पादन गरेका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप