शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

#MessiArt: नेपाली कलाकार बने विजेता

बुधबार, ०७ चैत २०७४, १४ : २८
बुधबार, ०७ चैत २०७४

काठमाडौँ । बार्सिलोना तथा अर्जेन्टनाका चर्चित खेलाडी लियोनेल मेस्सीले आयोजना गरेको मेस्सी आर्ट प्रतियोगितामा नेपाली कलाकार सनिल चित्रकार विजयी बनेका छन् ।
अनलाइन भोटिङमार्फत यस प्रतियोगिताको विजेता छनौट गरिएको हो ।

लियोनेल मेस्सी स्वयम्ले आफ्नो आधारिक फेसबुक पेजबाट विजेताको घोषणा गरे । उनले यसमा २५ हजारभन्दा बढी भोट प्राप्त भएको जानकारी पनि दिएका छन् ।

विजेताले मेस्सीले हस्ताक्षर गरेको जर्सी प्राप्त गर्नेछन् भने उनको चित्रलाई सान्ट जोन डि डेउ अस्पताललाई लिलामीका लागि प्रदान गरिनेछ । लिलामीबाट उठेको रकम क्यानसर पीडित बालबालिकाका लागि प्रयोग गरिनेछ ।

यस्ता थिए शीर्ष १० मा परेका अन्य चित्रहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप