शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्बपतिहरुलाई ‘प्रलय’ को त्रास, बच्न यस्तो तयारी

बुधबार, ०७ चैत २०७४, १४ : ०९
बुधबार, ०७ चैत २०७४

काठमाडौँ । शीतयुद्धको समयमा जुनसुकै समय आणविक युद्ध शुरु हुने डर हुन्थो । त्यसबाट बच्न पश्चिमी राष्ट्रहरुमा भूमिगत बङ्कर बनाउने लहर चलेको थियो । ती समयका बङ्करहरु मानिसका घरमूनि साना कन्क्रीटका संरचना हुन्थे । खाधान्नका लागि तिनमा क्यानका खानाहरु राखिएका हुन्थे । 

आज शीतयुद्धजस्तो आम नरसंहारको युद्धको सम्भावना त छैन तर यसले अर्बपतिहरुले बङ्कर बनाउन रोकेका छैनन् । अर्बपतिहरुले प्रलयकारी घटनाको समयमा शरणका लागि बनाएका यी बंकरहरु भने शीतयुद्धको समयभन्दाका फरक रहेका छन् ।

अर्बपतिको सङ्ख्या बढेसँगै बढेको भूमिगत बंकरको माग पुरा गर्न केही कम्पनीहरुलाई भ्याइ नभ्याई रहेको छ । ती कम्पनीहरुले आफूले बनाएको संरचनाले विश्वव्यापी महामारी, उल्का पिण्ड ठक्कर र तेस्रो विश्वयुद्धबाट सुरक्षा दिने दाबी गरेका छन् । 

“शीतयुद्धकालिन बंकरहरु त्यति आरामदायी थिएनन् ।” भिभोका संस्थापक रोबर्ट भिसिनोले भने । घरजग्गा उद्यमीसमेत रहेका भिसिनोको कम्पनीले उच्च सुरक्षाको आश्रयस्थल बनाउने गर्छ ।

“पहिलेका बंकरहरु धातुका हुन्थे, ति सेनाको शरणजस्तो हुन्थ्ये । यथार्थमा मानिसहरु त्यस्तो वातावरणमा लामो सयम बाच्न सक्दैनन् ।”

प्रलयको डरले बढाएको माग

संसारको धेरै सम्पन्नहरुले आफ्नो परिवार र कामदार अट्ने सुरक्षित बासस्थानको डिजाइन गरिरहेको खबरहरु आइरहेका छन् । यसमा अर्बपतिहरु, विश्वचर्चित खेलाडीहरु र प्रविधि उद्योगका कार्यकारी रहेका छन् । विल गेट्सले आफ्ना सम्पूर्ण बासस्थानमा यस्तो सुविधा निर्माण गरेको हल्ला छ । 

टेक्सासस्थित ‘राइजिङ्ग एस कम्पनी’का प्रबन्ध निर्देशक ग्यारी लिन्चले उच्च सुरक्षाको भूमिगत बंकरको माग सन् २०१६ मा अघिल्लो वर्ष भन्दा ७००%ले बढेको जानकारी दिए । अमेरिकी राष्ट्रपति निर्वाचनपछि मात्र यिनको मागमा ३००%ले बृद्धी भएको छ ।

लिन्चका अनुसार उनको कम्पनीले बनाउने प्लेट स्टीलको बंकर पुस्तौँ टिक्छन् । यसमा प्रति व्यतिका लागि न्युनतम एक वर्षको लागि खाना भण्डारण गर्न सकिन्छ । यी संरचनाले भूकम्प समेत थेग्न सक्छ ।
केहीले आफ्नो परिवारको लागि मात्र बंकर निर्माण गरिरहेका छन् भने केही समुदायनै अट्जे बंकर बनाइरहेका छन् । यी बंकरमा भने वास्तविक संसारको जस्तो अनुभव हुनेछ ।

समुदायिक बासस्थानका निमाणकर्ताहरुले हाल प्रयोगमा नरहेका अमेरिका र सोभियत संघका सैन्य बंकरहरु र मिसाइल भण्डारण केन्द्रलाई उपयोगमा ल्याएका छन् । आजको दिनमा यस्तो संरचना बनाउन करोडौँ अमेरिकी डलर खर्च हुन्छ ।

यी संरचनाहरु आणविक आक्रमण थेग्ने हिसाबले बनाइएका छन् । यसका अतिरिक्त यसमा विजुली प्रणाली, पानी शुद्धिकरण प्रणाली, आणविक–जैविक–रसायनिक पदार्थ मिसिएको हावा छान्ने प्रविधि रहेको छ ।

यी मध्य अधिकांशमा एक वर्ष वा धेरै टिक्ने खाना भण्डारण रहने छन् । धेरैमा ‘हाइड्रोपोनिक बगैँचा’ निर्माण गरेर त्यसपछिका दिनका लागि पनि खानाको जोहो गर्न खोजिएको छ । निर्माणकर्ताले दीर्घकालको लागि समाज निर्माणको लागि भनेर यसमा फरक फरक पेसाका मानिसहरु समावेश गरिनेछ । जसमा डाक्टरदेखि शिक्षकहरु रहनेछन् ।

भिसिनोले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनपछि आफ्नो कम्पनीमा एक्कासी यस्ता बासस्थानको माग बढेको बताए ।

त्यसमध्यका एक बासस्थान ‘भिभो एक्स–पोइन्ट’ सन् १९६७ सम्म सेनाको हातहतियार भण्डारणका लागि उपयोग हुन्थ्यो । 

दक्षिण डेकोटा स्थीत ‘ब्लाक हिल’मा अवस्थीत यो संरचनामा ५००० मानिसहरुलाई अटाउनेछन् । यसको इन्टेरिअर यसलाई किन्ने लगानीकर्ताले डिजाइन गरिएको छ । आन्तरिक सजावटका लागि यसमा २५ हजार अमेरिका डलर देखि २,००,००० अमेरिकी डलर खर्च भएको छ । 

यसको प्राङ्गढमा कुनै सानो तिनो शहरको जस्तो सुविधाहरु समेटिनेछ । यसमा समुदायीक थियटर, कक्षाकोठाहरु, हाइड्रोपोनिक बगैंचा, मेडिकल क्लिनिक, नुहाउने स्थान र जिमशाला रहनेछ ।

योभन्दा पनि बढी सुविधासम्पन्न बासस्थान खोज्नेहरुका लागि कम्पनीले ‘भिभो युरोपा वान’ बनाएको छ । यो जमर्नीको शीतयुद्धकालिन हतियार भण्डारणमा निर्माण भएको छ ।

यसमा ३४ नीजि वासस्थानहरु रहेका छन् । ग्राहकलाई यी इकाईहरु खाली बेचिनेछ । ग्राहकहरुले आफ्नो रुचि अनुसार तिनमा सजावट गर्न सक्दछ । 

भिसिनो यो स्थानलाई भुमिगत ‘याट्च’सँग तुलना गरे । उनले यो स्थान किन्नेलाई आफ्नो ‘याट्च’को डिजाइनर नै प्रयोग गर्न सल्लाह दिए ।

यो विशाल संरचनाका बासिन्दाहरुलाई यातायातको लागि ट्रयामको व्यवस्था गरिनेछ । बासिन्दाहरुका लागि त्यहीँ भित्र रेस्टुरेण्ट, थियटर, कफि दोकान, पौडी पोखरी र खेल क्षेत्र हुनेछ ।

“हामी एकै ठाँउमा घरको सुविधाको अतिरिक्त घर बाहिर निस्कदाँको सुविधा पनि दिनेछौँ,” भिसिनोले थपे ।

आणविक हमला थेग्ने घरहरु

निर्माणकर्ता ल्यारी हलको केन्सासस्थित ‘सरभाइबल कन्डो’ अमेरिकी आर्मी कोर्पले १९६०को दशकमा निर्माण गरेको ‘एटलास मिसाइल भण्डारण’ मा निर्माण गरिएको छ । 

“हाम्रो ग्राहकहरुले सुविधासम्पन्न दोश्रो घरको अतिरिक्त आणविक हमला थेग्ने बंकर एकै पटक पाउँछन् ।” हलले भने । उनले हाल दोश्रो सरभाइभल कण्डोमा काम गरिरहेका छन् । यो निर्माण पनि भण्डारण केन्द्र नै छानिएको छ ।

“हामीले आश्रयस्थल किन्नेलाई तिनको निवासस्थानमा प्रलयको सयममात्र होइन अन्य कुनै समय पनि प्रवेश दिन्छौं । यो समयमा तिनले त्यहाँ रहेको पोखरी, किराना पसल, थिएटर, वार र पुस्तकालयको सुविधा लिन सक्छन् ।”

कण्डो किन्दा ग्राहकले तिनको नियममा हस्ताक्षर गर्नुपर्छ । नियमको एक बुदामा ग्राहकहरुले संकटको बेला दिनको चार घण्टा काम गर्नुपर्ने रहेको छ ।

दीर्घकालिन सुविधाको व्यवस्था

प्रलयको समयमा एक्लै बस्न मन हनेलाई वा केही चुनिएका व्यक्तिसँग समय बिताउन चाहनेको लागि चेक रिपब्लिकमा रहेको ‘द ओपिडम’ सेवा उत्तम छ । यसलाई ‘सबैभन्दा ठूलो अर्बपति बंकर’को सज्ञा दिइएको छ ।

अत्यन्त गोप्य यो सेवा पूर्व सोभियत संघ र चेकोस्लाभिकिया(हाल चेक रिपब्लिक र स्लोभाकिया)को संयुक्त परियोजनाको रुपमा सन् १९८४ बाट शुरु भएर दश वर्षमा निर्माण सम्पन्न भएको थियो ।

यो स्थानमा जमिनमाथि पनि आलिसान भवन रहेको छ र जमिनमुनि ७७,००० वर्ग फुटको भूमिगत भाग रहेको छ । हुनत यसको अन्तिम सजावट किन्ने ग्राहकको चाख अनुसार गरिनेछ तर हालनै यसमा भूमिगत बगैँचा, पौडी पोखरी, सार्वजनिक नुहाउने स्थल, सिनेमा हल र वार रहेका छन् ।

हुनत धेरैले यी बिलासी सुविधालाई अनावश्यक मान्न सक्छन् तर निर्माणकर्ताले यीनलाई जीवित रहन महत्वपूर्ण सुविधा मानेका छन् । 

“यी वासस्थानहरु लामो सयम प्रयोग गर्ने हिसाबले बनाइएका हुन् – एक वर्ष वा धेरै समयका लागि,” भिसिनोले भने, “त्यस्तो अवस्थामा सहज हुनु अत्यन्त महत्वपूर्ण हुन्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप