बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ को राजधानी हेटौंडाबाट सर्दैन : प्रचण्ड

बुधबार, ०७ चैत २०७४, १३ : ००
बुधबार, ०७ चैत २०७४

मकवानपुर– माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को राजधानी हेटौंडाबाट अन्यत्र सार्न नमिल्ने दावी गरेका छन् ।

अध्यक्ष प्रचण्डले हेटौंडाबाटै प्रदेश राजधानीको काम औपचारिक रुपमै सुरु भएकाले यसलाई अन्यत्र सार्ने हल्ला गर्न नहुने तर्क समेत गरे ।

बुधबार बिहान हेटौंडाका स्थानीय संचारकर्मीमाझ उनले सबै प्रदेशको नामाकरणका विषयमा छलफल भईरहेको पनि बताए ।
उनले प्रदेश सरकारलाई गतिशील बनाउन आवश्यक ऐन निर्माणमा ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

अध्यक्ष प्रचण्डले एमालेसँगको पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको दावी गर्दै भोलीसम्ममा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गरी पार्टी एकताको औपचारिक घोषणा प्रक्रिया सुरु हुने पनि बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप