शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्री,  १७ तस्बिरमा हेर्नुहोस्

बुधबार, ०७ चैत २०७४, १२ : ५३
बुधबार, ०७ चैत २०७४

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार  सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक  छलफल गरेका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा  प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको हो । 

प्रदेश सरकारले काम नपाएको गुनासो आइरहेको बेला प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।  प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँगको छलफलमा  प्रदेश सरकार सञ्चालनका कठीनाई,  समस्या र केन्द्रले गर्नुपर्ने सहयोगमा विषयमा धारणा राखेका थिए । 
काम नपाएकै कारण प्रदेश सरकारका मन्त्री र प्रदेश सांसद प्रदेश राजधानीमा भन्दा काठमाडौंमा बढी समय बिताउँदै आएका छन् । 
मुख्यमन्त्री र मन्त्रीले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् । कतिपय प्रदेश मन्त्रीलाई दिने गाडीसमेत दिइएको छैनन् । 

छलफलमा केन्द्र सरकारका मन्त्री, प्रदेश सचिव  र  प्रदेशका मुख्य न्यायाधिवक्ताहरु पनि उपस्थित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप