बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बोन म्यारो पीडित कृतिकालाई अमेरिकाबाट आर्थिक सहयोग

बुधबार, ०७ चैत २०७४, १२ : ५३
बुधबार, ०७ चैत २०७४

सुनसरी– बोन म्यारोबाट पीडित इटहरीकी १६ वर्षीय कृतिका पौडेललाई अमेरिकामा बस्ने नेपालीहरुले ३३ हजार आर्थिक सहयोग गरेका छन् ।

लामो समयदेखि बोन म्यारो सम्बन्धि रोगबाट पिडित पौडेललाई अमेरिकामा बस्ने कृष्ण खनाल, लक्ष्मी श्रेष्ठ, सकुन ज्ञवाली, रवि गौतम, रंजन थापा, रामेश्वर श्रेष्ठ, राजेन्द्र शेरचन, लक्ष्मण रिजाल, सुष्मा बस्नेत, र नवराज खड्काबाट संकलित ३३ हजार ५० रुपयौ पौडेलको उपचारको लागी रकम हस्तानतरण गरिएको हो । 

उक्त रकम इटहरीका युवा समाजसेवी रामु पोखरेल, माया रायमाझी र बाबुराम प्रधानले पीडित र उनका आफन्तजनलाई हस्तानतरण गरिएको छ । उपचारमा आर्थिक समस्या भएपछि बिभिन्न संघसंस्थाहरुले कृतिका पौडेल बचाउ अभियान संञ्चालन गरेका थिए । सोही अभियानलाई सहयोग गर्ने उदेश्यले अमेरिकामा नवराज खड्काको पहलमा आर्थिक संकलन गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप