शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चपली भैरवमा ‘लखपति माग्ने’

बुधबार, ०७ चैत २०७४, १२ : ३३
बुधबार, ०७ चैत २०७४

काठमाडौं – सवनम् मुखियाको निर्देशन रहने चलचित्र ‘लखपति माग्ने’को छायाँकन सुरु भएको छ । टेकुस्थित चपली भैरव मन्दिरबाट मंगलबार देखि चलचित्रको छायाँकन सुरु गरिएको छ । 

एक महिना छायाँकन सेडुल सहित चलचित्र सुरु गरिएको हो । काठमाडौं र पोखरामा छायाँकन हुने चलचित्रको पहिलो सट कलाकार कमलमणी नेपाल, निरु खड्का लगायतले दिए ।

माग्नेहरुको लाइफस्टाइल र संघर्ष देखाउन खोजिएको चलचित्रको लेखक समेत निर्देशक मुखियाले गरेकी हुन् । चलचित्रमा कमलमणी सहित विष्णु अर्याल, सोनिका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्रा थापा लगायत मुख्य भूमिकामा छन् ।

सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष, भुपू पाण्डे संगीतकार छन् । रामेश्वर हुमागाइँको छायांकन, तारा थापाको सम्पादन, भेषमान श्रेष्ठको निर्माण नियन्त्रण र चन्द्र पन्तको एक्सन चलचित्रमा रहनेछ । 

झन्डै १ करोड बजेटमा निर्माण हुने चलचित्रलाई आगामी वर्ष रिलिज गर्ने तयारी छ । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रालिको ब्यानरमा बन्ने चलचित्रको प्रकाशचन्द्र महर्जन निर्माता र राजेश खड्गी सह–निर्माता छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप