शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनता बैंकको ‘जनता सुरक्षा बचत खाता’ सञ्चालन, ७ प्रतिशत ब्याज

बुधबार, ०७ चैत २०७४, ११ : ५५
बुधबार, ०७ चैत २०७४

काठमाडौं– जनता बैंक नेपालले आकर्षक बीमा सुविधासहितको बचत योजना अन्र्तगत ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । यो बचत योजना  २०७४ चैत्र ७ गते देखि लागु भएको बैंकले जनाएको छ । 

सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्यले जनता सुरक्षा बचत खाता सञ्चालन गरेको यो योजनामा न्यूनतम निक्षेप रु. दशहजारमा खाता खोल्न सकिने जनाइएको छ ।

त्यस्तै वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने, बचतकर्तालाई रु. १० लाख सम्मको दुर्घटना बीमा, अस्पताल भर्ना हनु पर्दा रु. १ लाख सम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा रु. हजारको सम्मको उपचार खर्चको बीमा गरिएको छ ।
बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिइएको योजनामा अन्य खाताहरुमा जस्तै एटिएम, एवीवीएस इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङलगायतका सुविधा रहेका छन् ।

सबै उमेर समूहका ग्राहकहरुले शाखा कार्यालयबाट जनता सुरक्षा खाता खोलेर योजनामा सहभागी हुन सक्नेभएपनि ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि छुट्टै फाराम पनि भर्नु पर्नेछ । यो बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप