शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिलको संस्थापक सेयर लिलामी राख्दा पनि बिकेन

बुधबार, ०७ चैत २०७४, ११ : १०
बुधबार, ०७ चैत २०७४

काठमाडौं–सिभिल बैंकले ३१ लाख २१ हजार कित्ता हकप्रद सेयर यहि चैत १४ गतेदेखि पुन लिलामीमा बिक्रि गर्ने भएको छ । 

संस्थापक समुहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता सेयर  पहिलो पटक लिलामीमा ल्याउँदा बिक्रि नभएपछि सो सेयर पूनः लिलामीमा ल्याउन लागेको बैंकले जनाएको छ । ३१ लाख २१ हजार ६००.२५ कित्ता सेयरका लागि चैत १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ । 

 फागुन १३ गतेदेखि चैत १ गतेसम्म लिलामीमा बिक्रि खुला गरेको यस सेयरमा पर्याप्त आवेदन नपरेपछि बैंकले पुन लिलामीमा ल्याएको हो ।  यस अघि  बैंकले मंसिर २२ गतेदेखि  माघ १२ गतेसम्म १०ः ४ अनुपातमा २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद सेयर बिक्रि खुला गरेको थियो । यो सेयरका लागि १०० रुपैयाँ भन्दा बढी मूल्य राखेर न्युनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

बोलपत्र आवेदन फारम बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल बानेश्वरमा भर्न र बुझाउन सकिने छ । बोलपत्रवालाले आफ्नो हितग्राही खाता नं. (डिम्याट अकाउन्ट)  आवेदन फारममा उल्लेख गर्नु पर्नेछ भने १० लाख भन्दा बढी रकमको   आवेदन दिंदा प्यान नं. उल्लेख गर्नु पर्नेछ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ६९ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको सिभिलको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी  ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले हकप्रद सेयर जारी गरेको हो । तर, पर्याप्त सेयर बिक्रि नहुँदा बैंकलाई पुँजी बृद्धिका लागि सकस परेको छ । पछिल्लो समय सेयर बजार लगातार ओरालो लागिरहँदा सेयरप्रति लगानीकर्ताको चासो कम हुँदै गएको देखिन्छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप