बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलको बृद्धबृद्धा लक्षित निःशुल्क स्वास्थ्य शिविर

बुधबार, ०७ चैत २०७४, १० : ५८
बुधबार, ०७ चैत २०७४

मोरङ– बृद्धबृद्धालाई लक्षित गरी मोरङको लेटाङ नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालको प्राविधिक सहयोगमा जेष्ठ नागरिक एकता समन्वय केन्द्रले शिविर आयोजना गरेको हो । 
स्थानीय लेटाङ माध्यमिक बिद्यालय परिषरमा भएको शिविरबाट १ हजार १ सय ५५ जना विरामीले निःशुल्क उपचार पाएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरबाट अधिकांस जेष्ठ नागरिकले उपचार सेवा पाएका छन् । 
बालबालिका र युवायुवती पनि उल्लेख्य संख्यामा उपचारका लागि शिविरमा आएका थिए । विरामीको उपचारकालागि नोबेल अस्पतालबाट बिशेषज्ञ डाक्टरहरुसहित २६ जनाको टोली शिविरमा आएको थियो ।   
शिविरमा दम र छातीको रोग भएका बृद्धबृद्धा उपचारका लागि धेरै आएको आयोजकले जनाएको छ । शिविरमा ईसीजी, ल्याव टेस्ट र भिडियो एक्सरे पनि निःशुल्क गरिएको थियो । निःशुल्क उपचार पाएपछि बृद्धबृद्धाले खुःशी ब्यक्त गरेका छन् । नोबेल अस्पतालले विपन्न र असाहयलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 
नोबेलमा आएका विपन्न विरामीलाई अवस्था मुल्यांकन गरी लाखौं मुख्य वरावरको उपचार पनि निःशुल्क गर्ने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप