शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि भण्डारण कर्जा उद्घाटन

बुधबार, ०७ चैत २०७४, १० : ५४
बुधबार, ०७ चैत २०७४

बाँके– कोहलपुरमा कृषि भण्डारण कर्जाको सुरुवात भएको छ । भेरी शीत भण्डार सहकारीमा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितो राखी प्रदान गरिने कृषि भण्डारण कर्जा प्रदान गर्न प्रभु बैंक र यु.के.एड सक्षमको सहकार्यमा प्रदान गरिनेछ ।
गत चैत ५ गते कृषि भण्डारण कर्जाको उद्घाटन गरिएको छ । कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले कृषि भण्डारण कर्जा यस क्षेत्रकै नविनतम् सेवा भएको र यसले कृषकहरुलाई साहु महाजनको चर्को व्याजबाट सुरक्षा प्रदान गरी आर्थिक आवश्यकता परिपुर्ति गर्नेमा आफु विश्वस्त रहेको बताए ।
प्रभु बेैंकले देशका विभिन्न भागहरुमा छरिएर रहेका आफ्ना विभिन्न शाखाहरु मार्पmत बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै देशका भौगोलिक अवस्थितिका आधारमा उक्त क्षेत्रका जनताका जीवनस्तर उकास्न विभिन्न खालका कर्जा सेवा स्वंय तथा यु.के.एड सक्षमको सहकार्यमा निरन्तर संचालन गर्दै आईरहेको छ । बाँके तथा बर्दिया क्षेत्र कृषिमा आधारित ग्रामिण क्षेत्र भएकाले कृषि भण्डारण कर्जाको सुरुवात गरिएको प्रभु बैंक लि., कोहलपुर शाखाका शाखा प्रबन्धक बिकेश कुमार श्रेष्ठले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप