शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्षलाई गृह जिल्लामा भब्य स्वागत

बुधबार, ०७ चैत २०७४, १० : ५०
बुधबार, ०७ चैत २०७४

पर्वत– राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजार सम्म भब्य स्वागत भएको छ । 
जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले खुसीयाली साथ अध्यक्ष तिमिल्सीनालाई स्वागत गरेका हुन् । 
स्थानीयले अध्यक्ष तिमिल्सिनालाई मंगलबार जन्मथलो मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरे भने कुस्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा कर्मचारीहरुले स्वागत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप