शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बौलाहा खोलाबाट २ जेसीबी पक्राउ, आधा दर्जन ट्याक्टर फरार

बुधबार, ०७ चैत २०७४, १० : ३२
बुधबार, ०७ चैत २०७४

नवलपुर । पुर्वी नवलपरासीको देवचुली १ बौलाहा खोलाबाट दुईवटा जेसीबी पक्राउ गरिएको छ । 

मंगलबार खोलामा अवैध उत्खनन गरिरहेका जेसीबीलाई जिल्ला समन्वय समिति र प्रहरीले पक्राउ गरेको हो । 

खोलाजन्य पदार्थको तस्करी गर्न प्रयोग गरिएका जेसीबीलाई जिल्ला समन्वय समितिको निर्देशनमा ईलाका प्रहरी कार्यालय रजहरले नियन्त्रणमा लिएको हो । तर, चोरीमा संलग्न आधा दर्जन ट्याक्टलाई भनो प्रहरीले पक्रउ गर्न सकेन ।

ना १ क ५४५९ र ना १ क ६३६८ नम्बरको जेसीबी मेसिन पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जेसीबीलाई ५०÷५० हजारको दरले जरिवाना असुल गर्ने समन्वय समितिका सदस्य मुरारी घिमिरेले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप