शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वरमा चक्कु प्रहारबाट एकको मृत्यु

बुधबार, ०७ चैत २०७४, ०९ : ४४
बुधबार, ०७ चैत २०७४

काठमाडौं - बानेश्वरमा गए राति चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

दशदेवीनगरमा गएराति सर्लाही हजरीया स्थायि घर भएका २१ बर्षीय पुरुषोत्तम सेढाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अशोक लिम्बू, रोहित चौधरी र सञ्जय राईको समूहले सेढाईंको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार, 
-मंगलबार राति ९ बजेको समयमा बानेश्वरको देवीनगरस्थित मन्दिरमा सेढाईं र उनीहरुको भेट भयो ।
-उनीहरुबीच सामन्य विवाद भयो ।
-तीन जनाको समूहमा रहेकामध्ये एक जनाले नजिकै रहेको कोठाबाट चक्कु लिएर आए ।
-सेढाईंको छातीमा चक्कु  प्रहार भयो ।
-र उनको ज्यान गयो ।

तीन जना (लिम्बू, चौधरी र राई) बानेश्वर देवीनगरमा भाडामा (एउटै कोठामा) बस्दै आएका थिए ।

मृतक सेढाईंको निवास(कोठा) उनीहरुको कोठा नजिकै रहेको प्रहरीले जनाएको छ । 

घटनाबारे जानकारी पाएको प्रहरीले राति ११ बजे उक्त घटनामा संलग्न ती जनालाई  पक्राउ गरेको जानाएको छ ।

सामान्य विवाद हुँदा सेढाईंले सुरुमा आफूहरुलाई आक्रमणको प्रयास गरेको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरी प्रहरी वृत्त बानेश्वरका डिएसपी रबि पौडेलले रातोपाटीलाई बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप