शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल ‘उडान’ भर्दै कला सुब्बा

बुधबार, ०७ चैत २०७४, ०७ : ४६
बुधबार, ०७ चैत २०७४

काठमाडौं – चर्चित आरजे तथा कोरियोग्राफर कला सुब्बा उडान भर्दैछन् । उनको ‘उडान’ डिजिटल पर्दामा हुनेछ । दुई दशकभन्दा लामो समययता मोेडलिङ, कोरियोग्राफी र रेडियो जंकी ‘आरजे’का रुपमा क्रियाशील कला चाँडै एक ‘टक शो’मा देखिँदैछिन् । ‘उडान’ शीर्षकको ‘टक शो’मा उनी विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वसँग रमाइलो अन्तरसंवाद गर्नेछिन् ।

‘जीवन एक उडान’ नारा दिएइको यस ‘टक शो’को परिकल्पना तथा उत्पादन रुबुशा क्रियटिभ वर्कस्ले गरेको हो । कार्यक्रमको निर्देशन कलाले नै गर्दैछिन् ।
कार्यक्रमबारे कुरा गर्दै कलाले भनिन्, ‘लामो समय रेडियोमा बोलेको अनुवभलाई डिजिटल पर्दामा ल्याउँने जमर्को हो यो ।’ कलाका लागि यो भिजेमा ‘कम्ब्याक’ पनि हो किनकि कलाले एक दशकअघिकै टेलिभिजनमा भिजेमा अनुवभ संगालेकी हुन् ।  

क्रियटिभ वर्कस्का निर्देशक तथा गायक रुकमान लिम्बूका अनुसार ‘उडान’मा कलाकार, नेता, अभिनेतालगायत समाजमा पृथक पहिचान बनाएका सेलिबे्रटिहरुको अन्तरंग कुराकानी प्रस्तुत हुनेछ ।

जो अन्य टक शोहरुसँग विलकुलै मेल नखाने बताइएको छ । रुकमानले भने, ‘कार्यक्रमलाई पृथक, सुचनामूलक र रमाइलो बनाउन ६ महिनायता लागेका छौं । अब चाँडै रुबुशा क्रियटिभ वर्कस्को यु–ट्युब च्यानलमा अन–इयर हुँदैछ ।’ कार्यक्रमको सल्लाहकारमा गीतकार सुरेन्द्र राना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप