बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अलमलमै गठबन्धनः दुई अध्यक्षको निर्देशनको पर्खाइमा कार्यदल

बुधबार, ०७ चैत २०७४, ०७ : ३३
बुधबार, ०७ चैत २०७४

काठमाडौं - एमाले माओवादीले एकतापछिको एकिकृत पार्टीको केन्द्रीय संरचना कुन आकारको बनाउने भन्ने अझै टुंगो लागेको छैन ।

पार्टी संरचनादेखि अन्तरिम विधान बनाउन गठित कार्यदल केन्द्रीय समितिदेखि प्रदेश, जिल्ला समितिसम्मका संरचना कत्रो आकारको बनाउने भन्नेमा अझै निर्णयमा पुग्न सकेका छैनन् ।

कार्यदलले पार्टीको माथिल्लो केन्द्रीय कमिटीदेखि तल्लो प्रारम्भिक कमिटीसम्म गरी आठ तहको संगठनात्मक संरचना रहने समझदारी जुटाएको छ ।

तर पनि, ती कमिटीको आकार कत्रो हुने भन्ने निर्णय भइसकेको छैन । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, पार्टी कमिटीको आकार कत्रो बनाउने भन्नेमा कार्यदल अहिले दुवै अध्यक्षको निर्देशन पर्खेर बसेको छ ।

दुई अध्यक्ष (एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)ले दिने निर्देशनका आधारमा मात्र कार्यदलले संगठनको आकारका विषयमा छलफल गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप