शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यालय भर्नामा विकृति : कक्षा १ मै ‘फेल’ गराउने कस्तो पद्धति ?

बुधबार, ०७ चैत २०७४, ०७ : २३
बुधबार, ०७ चैत २०७४

नयाँ शैक्षिक सत्र सुरु हुन महिना दिन बाँकी छ । तर, यतिखेरै अभिभावकहरू ‘राम्रो स्कुल’ खोज्दै आफ्ना छोरा/छोरीलाई भर्ना गराउन व्यस्त छन् ।

जाँच लिएरै भर्ना गर्ने भनेपछि अभिभावकले हप्तौदेखि नानीहरुलाई यी स्कुलका लागि जाँचको पूर्वतयारी गराएका छन् । तर, आफूले चाहेको विद्यालयमा आफ्ना सन्तानले प्रवेश पाउनेमा विश्वस्त छैनन् । त्यसैले भर्ना दिलाउन ठूला पदका मान्छेलाई ‘सोर्स’ लगाउन तम्सिन्छन् ।

ती विद्यालयले सीमित कक्षाका निम्ति विद्यार्थीको चाप बढेपछि कक्षा १ को भर्ना लिन प्रवेश परीक्षा लिने गरेका छन्।

गुणस्तरीय शिक्षाको खोजीमा भौंतारिएका अभिभावक सुरुवाती कक्षामै छोरा/छोरीका निम्ति भौतारिएका हुन्। खुल्ला बजारमा विद्यालय छनोट गर्ने अधिकार भएपनि प्रतिस्पर्धाका नाममा नाबालकले ‘फेल’ हुनुपर्ने परिस्थिति नकारात्मक हुने अभिभावको ठम्याइ छ।

‘अधिकांश निजी विद्यालयको कक्षामा सीमित विद्यार्थी पढाउन भर्ना गर्ने हो र कक्षा १ मै प्रवेश परीक्षा दिलाएर फेल गराउने चलन बाल मनोविज्ञानका निम्ति हानिकारक छ,’ अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘अहिले चैत नलाग्दै केही विद्यालयले त्यही नियति दोहोर्‍याउँदै छन्। यो प्रवेश परीक्षा नीति बन्द हुनुपर्छ।’यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप