शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'जंक फुड' रोक्न विद्यालयमा भान्सा

बुधबार, ०७ चैत २०७४, ०७ : ०७
बुधबार, ०७ चैत २०७४

कक्षाकोठाको पल्लो छेउमा बनाईएको अगेनामा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुनगाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् । 

छेउमै उनकी छिमेकी छत्रछायामा सुवेदी आलु ताछ्दैछिन् । 

केहि बेरमा सुशीलाले अगेनामा भाँडो वसालिन् आलु गेडागुडी भुटेर झोल हालेपछि तरकारी पाक्यो । 
लगत्तै पिठो मुछेर उनीहरुले रोट पनि तयार पारे । 

उनीहरुले पकाईतुल्याईसकेको केही बेरमा टिनटिनीनी घण्टि बज्यो । 

विद्यालयका बालबकालिका लाम लागे ।

सदरमुका चरीकोटनजकिको मकैबारी गाउँस्थित आधारभुत विद्यालयमा एउटा कोठामा बनाईएको भान्सामा खाजा पकाउन खटिएका सुशीलाई र छत्रछायाको उदेश्य व्यापार गर्नु भने होईन ।, यो विद्यालयमा दैनिक यसरी नै खाजा पाक्छ । 
विद्यालयमै पुगेर आफ्ना अभिभावकले पकाएको स्वच्छ खाजा यहाँका विद्यार्थीले खान्छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप