बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीमाथि मुख्यसचिव हटाउन दबाब

बुधबार, ०७ चैत २०७४, ०६ : ५९
बुधबार, ०७ चैत २०७४

काठमाडौं - पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखिराख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनलाई हटाउन दबाब परेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

मुख्यसचिवको वरीयतामा पहिलो र दोस्रो प्तिस्पर्धालाई पाखा लगाएर तत्कालिन प्रधानमन्त्री पत्नी आरजु राणाको दबाबमा गत कार्तिकमा मुख्यसचिव बनेका लोकदर्शन रेग्मीबाट वर्तमान सरकारलाई सहयोग नहुने भन्दै मुख्यसचिव फेर्न प्रधानमन्त्रीमाथि दबाब परेको हो ।

प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, संसदीय मामिला तथा सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीभित्रको भ्रष्टाचार, ढिलाुस्ती र काम पन्छाउने प्रवृत्ति अन्त्य हुने बताइसकेका छन् ।

तर, सरकारको लक्ष्य कार्यान्वय गर्ने मुख्यसचिव नै विवादित व्यक्ति रहँदा अन्य कर्मचारीले नटेर्ने र सरकारको उद्देश्य लागू हुन नसक्ने भन्दै सत्तारुढ दल, मन्त्री र उच्च अधिकारहरुबीच मुख्यसचिव फेर्न छलफल भएको छ ।

मन्त्रिपरिषद् स्रोतका अनुसार एमाले र माओवादीकेन्द्रका नेताहरुले अब केहि छाप छाड्न नसके दुईतिहाइकाे समर्थनमा सरकार बनाएको कुनै औचित्य नहुने भन्दै कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन गर्नुपर्ने विषयमा छलफल चलाइरहका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप