मापदण्डविपरीत १० हजार सैनिक ब्यारेक
बुधबार, ०७ चैत २०७४, ०६ : २७
काठमाडौं - नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्सापासबिनै बनाएको पाइएको छ ।
भवन निर्माण सम्बन्धी बनेका नियम, निर्देशिका र आचारसंहिताको पालना नगरी सोनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो ।
भद्रकालीस्थित सैनिक मुख्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी बनाइएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
यसरी व्यवसायिक प्रयोजनका भवनदेखि फौज बस्ने स्थलसम्म नक्सापासबिनै बनाउनु कानुनको उल्लंघनमात्र नभइ प्राकृतिक प्रकोपका बेला असुरक्षित हुने डर पनि रहने जानकारहरु बताउँछन् ।
सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सुरक्षाको कारण र विगतदेखिको चलनअनुसार भवन संरचना बनाइएका कारण नक्सापास हुन नसकेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने