बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त पक्राउ

बुधबार, ०७ चैत २०७४, ०६ : १५
बुधबार, ०७ चैत २०७४

काठमाडौं - दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा केही दिनअघि भएको बलात्कारका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आरोपी कार्कीलाई पक्राउ गरेको हो । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

सो घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए ।

गत ७ माघमा काठमाडौंको होटल ल्यान्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवतीले उजुरी दिन दरबारमर्ग वृत्त पुगेकी थिइन् ।

तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो ।  सो घटनालाई ढाकछोप गरेको भन्दै प्रहरी निरीक्षक ठकुरी निलम्बनमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप