शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित

मङ्गलबार, ०६ चैत २०७४, २१ : ०६
मङ्गलबार, ०६ चैत २०७४

पोखरा- प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ सर्वसम्मतले पारित गरेको छ । 

आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले ‘प्रदेश सरकार प्रदेश नं ४ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४’ लाई पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतले पारित गरेको हो । 

त्यस्तै बैठकले प्रदेशसभाअन्तर्गत रहने विभिन्न समितिका सदस्य चयन गरेको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसअघि पाँच सदस्य चयन भएको विधायन समितिमा सदस्य थपका साथै सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र अर्थ तथा विकास समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्दा बैठकले त्यसलाई सर्वसम्मत अनुमोदन गरेको थियो । 

बैठकले अनुमोदन गरेका सदस्यमा विधायन समितिमा ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली पोखरेल र चन्द्रबहादुर बुढालाई थप गरिएको छ । सार्वजनिक लेखा समितिमा ओमकला गौतम, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, रामबहादुर गुरुङ, पियारी थापा, गायत्री गुरुङ, दीलमाया रोका र प्रकाशचन्द्र्र दवाडी हुनुहुन्छ । 

प्रदेश मामिला समितिमा चिन्तबहादुर घले, मनकुमारी गुरुङ, कोपिला बोहोरा, मधु अधिकारी, दीपक थापा र मित्रकुमारी गुरुङ सुवेदी रहनुभएको छ । त्यस्तै अर्थ तथा विकास समितिमा दीपक कोइराला, विनोद केसी, दोबाटे विश्वकर्मा, सरिता गुरुङ, भगवत प्रकाश मल्ल, कृष्ण थापा, जनकलाल श्रेष्ठ र हरिशरण आचार्य रहनुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप