मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एकजुट भएर प्रदेशको विकासमा लागौंः मुख्यमन्त्री राई

मङ्गलबार, ०६ चैत २०७४, १९ : ३५
मङ्गलबार, ०६ चैत २०७४

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले १ नं प्रदेशलाई नमूना प्रदेश बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।  स्व.गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिका अवसरमा आज आयोजित विचार गोष्ठीमा उनले राजनीतिक विचारभन्दा माथि उठेर प्रदेशको आर्थिक विकासका लागि एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिए  । 

मुख्यमन्त्री राईले स्व कोइरालाको अगुवाइमा मुलुकमा ठूलो राजनीतिक उपलब्धि हासिल भएको चर्चा गर्नुहुँदै स्व.कोइरालाको सम्झनामा स्थापना गरिने संग्रहालयका लागि प्रदेश सरकार सदैव सहयोगी हुने बताए । उनले सबै दलको सहमतिमा प्रदेशको स्थायी राजधानी तथा नामाकरण गरिने जानकारी दिए । 

नेपाली काँग्रेसका नेता डा.मीनेन्द्र रिजालले प्रदेशको समग्र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीतिमा स्व कोइराला गर्नुभएको योगदानको चर्चा गरे । 

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाल र विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले स्व कोइरालाको योगदानको चर्चा गरे ।  सो अवसर गिरिजाप्रसाद कोइरालाको विषयमा वृत्तचित्र प्रदर्शनीसमेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप