शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदागस्करमा शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु

मङ्गलबार, ०६ चैत २०७४, १९ : १९
मङ्गलबार, ०६ चैत २०७४

एजेन्सी–अफ्रिकी मुलुक मदागस्करमा सोमबार राति आएको आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् । 

सुरक्षा अधिकारीले भनेका छन्,सोमबारको आँधीमा कम्तिमा २० जना र आइतबारको आँधीमा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुवै दिनको आँधीका कारण करीब ३५ हजार मानिस घरबारविहीन बनेका छन् । 

इलियाकिम नाम दिइएको आँधी मदागस्करको मासोला प्रायद्वीपबाट केही दिन पहिले शुरु भएको भएपनि विगत ४८ घण्टामा यसले निकै प्रभाव पारेको थियो । 

आँधीको प्रभाव क्रमशः शान्त बन्दै गएको यहाँको मौसम विज्ञान अध्ययन विभागले बताएको छ । 

विश्वको गरीब मुलुकमध्येको मदागस्करमा चक्रवत आँधी तथा उष्णदेशीय तुफानका कारण हजारौँ मानिस प्रभावित हुने गरेका छन् । 

यही बर्षको जनवरीमा आएको आभा नामक आँधीका कारण अफ्रिकी उक्त मुलुकमा ५१ जनाको निधन भएको थियो भने गत बर्षको मार्चमा पनि ७८ जनाले ज्यान गुमाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप