शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोजगारी सृजनाका लागि सरकार गम्भीर छ: मन्त्री विष्ट

मङ्गलबार, ०६ चैत २०७४, १७ : १४
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौं–श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले रोजगारी सृजनाका लागि आवश्यक नीति बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । मन्त्री विष्टले रोजगारी सृजनाको आधार तय गर्न सरकारले गम्भीरताका साथ अध्ययनको कामलाई अघि बढाएको पनि स्पष्ट पारे ।   मंगलबार आफ्ना भावी योजनाबारे सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै उनले बेरोजगारी समस्यालाई न्यूनिकरण गर्दै लैजाने योजना पनि अघि सारे ।

मन्त्री बिष्टले मुलुकमा विद्यमान स्रोत र साधनको उचित परिचालन गरी रोजगारी सृजनाको आधारको खोजी हुने तर्क गरे । उनले श्रममैत्री कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिने पनि बताए । मन्त्री विष्टले वैदेशिक रोजगारलाई सरल, पारदर्शी र विश्वसनीय बनाउने गरी विद्यमान ऐनलाई सामयिक बनाउने घोषणा पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप