बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सी भर्सेस रोनाल्डो फुटबलका लागि राम्रो : रोनाल्डिन्हो

मङ्गलबार, ०६ चैत २०७४, १७ : ०७
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौँ । बार्सिलोना र रियल म्याड्रिडका आइकन लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा ‘फुटबलका लागि राम्रो’ भएको ब्राजिलका महान् खेलाडी रोनाल्डिन्होले बताएका छन् ।

एक दशकभन्दा बढी समयदेखि दुई खेलाडीले फुटबलको ब्रम्हाण्डलाई चम्किलो बनाएका छन् ।

दुई खेलाडीले १० पटक बालोन डि’ओर जितेका छन्, गोलको वर्षा गरेका छन्, कयौँ उपाधिमाथि कब्जा जमाएका छन् भने कयौँ किर्तिमान तोडेका छन् ।

अहिलेसम्म पनि दुईमध्ये को उत्कृष्ट भन्ने बहस कायम नै छ र रोनान्डिन्हो दुईबीचको प्रतिस्पर्धाले दुवै सुपरस्टारको खेल र समग्र फुटबलका लागि राम्रो भएको बताएका छन् ।

दुई पटकका वर्ष खेलाडी विजेताले मेट्रो युएससँग कुरा गर्दै भने, ‘यो स्वस्थ प्रतिस्पर्धा हो जुन फुटबलका लागि राम्रो हो । किनभने दुई खेलाडी जहिले पनि कसले गोल्डन बल जित्ने भन्ने होडमा हुन्छन्, को विश्वको उत्कृष्ट हो भन्ने देखाउन चाहन्छन् ।’

‘त्यही भएर यो प्रतिस्पर्धा फुटबल र यसलाई मन पराउनेहरुका लागि राम्रो कुरा हो,’ उनले भने ।

बार्सिलोनाका यी आइकनले मेस्सी र रोनाल्डो दुवैले हात पार्न असफल रहेको विश्वकपको उपाधि जितेका छन् ।

सन् २००२ को विश्वकपको स्टार बनेका रोनाल्डिन्होले अर्जेन्टिना रसियामा हुने विश्वकपको प्रमुख दाबेदार हुने पनि बताए ।

तर, यसका लागि चिरप्रतिद्वन्द्वी ब्राजिल प्रमुख चुनौती हुने पनि उनको भनाई थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप