बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिभीएसले ल्यायो नयाँ वर्षको योजना ‘जीवनभरको साथ दिने’

मङ्गलबार, ०६ चैत २०७४, १७ : ०४
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौं– बिगत लामो समयदेखि नेपाली बजारमा विभिन्न मोडेलका मोटरसाईकल तथा स्कुटरहरु बिक्री बितरण गर्दै आएको टि.भी.एस.ले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।  टिभीएसले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना नयाँ ग्राहकहरुका लागि नयाँ बर्षको सुरुवात, जीवनभरको साथ नामक  योजना सार्वजानिक गरेको हो ।

गत हप्ता एक कार्यक्रम गरि सार्वजनिक गरिएको योजना अन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा रु ८००१ तुरुन्त प्राप्त गर्न सकिने छ, देशभर फैलिएको टिभीएसको कुनै पनि आधिकारिक बिक्रेता तथा शोरुमबाट यो योजनाको फाइदा लिन सकिने कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा कम्पनीका तर्फबाट बजार प्रमुख बिक्रम पौडेलले योजना केहि महिनासम्म उपलब्ध हुने बताए । देशभर ३ एस (सेल्स, सर्भिस र स्पेर्स) सहितको अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको टिभीएसले ग्राहकहरु प्रति समर्पित यस्ता योजनाहरु ल्याउदै आएको र भबिष्यमा पनि यो भन्दा आकर्षक योजनाहरु ल्याउने कुरा बजार प्रमुख पौडेलले जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप