बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओखढुंगामा फलफुल पसलबाट नगद र सुन चोरी

मङ्गलबार, ०६ चैत २०७४, १६ : ५६
मङ्गलबार, ०६ चैत २०७४

ओखलढुंगा– ओखलढुंगा सदरमुकाममा फलफुल ब्यापार गर्दै आएका एक ब्यापारीको पसलमा चोरी भएको छ । सिद्धिचरण नगरपालिका १२ स्थित जिविसटोलमा फलफुलकासाथै किराना पसल सञ्चालन गर्दै आएका कपिल कट्वालको पसलमा चोरी भएको हो । 
सोमबार मध्यराती ढोकामा लगाएको ताल्चा फुटाएर पसलभित्र रहेको ट्याङ्काबाट नगद २ लाख ११ हजार सहित २ तोला ८ आना सुनसमेत चोरी भएको कट्वालले बताए । पसलको माथिल्लो तलामा सुत्नेगरेका उनिहरुले मंगलबार बिहान पसल हेर्दा चोरी भएको पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको ओखलढुंगाका प्रहरी प्रमुख अनन्तराज शर्माले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप