सल्यानका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न विप्लवको चेतावनी
सल्यान–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्र्टीले सल्यानका सवै जनप्रतिनिधिको राजीनामा मागेको छ । जिल्ला जनपरिषद् सल्यानले जनप्रतिनिधीलाई राजीनामा माग सहित पत्र काटेको हो । विप्लवको पार्टीले जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिलाई पत्र मार्फत राजीनामा गर्न भनेको छ ।
पत्रमा राज्यले संघीय संरचना अन्तरगत स्थानीय तह गठन गरेर जनताको आर्थिक स्थिति र दैनिकी नाजुक नाजुक भएकाले उनीहरुलाई राजीनामा दिन भनिएको छ । त्यसका लागि स्थानीय तहका केही गाउँ तथा नगरपालीकाका प्रमुख÷उपप्रमुखको कार्यकक्षमै गएर जनपरिषद्ले पत्र बुझाएको बताइएको छ ।
विप्लवले संघीयतालाई जनता लुट्ने लुटतन्त्र भनेको छ भने राज्यसत्तालाई दलाल सत्ता भन्दै विभिन्न बहानामा जनता लुटेर गरीबी, बेरोजगारी, महङ्गी र कालोबजारीले नेपाली समाज आक्रान्त भएको दावी गरेको छ ।
त्यस्तै जनपरिषद्ले काटेको पत्रमा दलाल पुजिँवादी सत्तासँग जुनसुकै प्रकारको प्रतिवाद गर्ने सन्दर्भमा उत्पन्न हुने परिस्थितीको जिम्मेवार आफै हुनुपर्ने चेतावनी समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पतालमा कर्मचारीबिच कार्यकक्षमै कुटाकुट, प्रहरीले थाल्यो अनुसन्धान
-
जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन
-
कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
-
टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’, विगतमा को–को भए बदनाम ?
-
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’ स्थगन गर्न इप्पानको माग
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण