शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सल्यानका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न विप्लवको चेतावनी

मङ्गलबार, ०६ चैत २०७४, १६ : ५७
मङ्गलबार, ०६ चैत २०७४

सल्यान–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्र्टीले सल्यानका सवै जनप्रतिनिधिको राजीनामा मागेको छ । जिल्ला जनपरिषद् सल्यानले जनप्रतिनिधीलाई राजीनामा माग सहित पत्र काटेको हो । विप्लवको पार्टीले जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिलाई पत्र मार्फत राजीनामा गर्न भनेको छ । 
पत्रमा राज्यले संघीय संरचना अन्तरगत स्थानीय तह गठन गरेर जनताको आर्थिक स्थिति र दैनिकी नाजुक नाजुक भएकाले उनीहरुलाई राजीनामा दिन भनिएको छ । त्यसका लागि स्थानीय तहका केही गाउँ तथा नगरपालीकाका प्रमुख÷उपप्रमुखको कार्यकक्षमै गएर जनपरिषद्ले पत्र बुझाएको बताइएको छ  ।
विप्लवले संघीयतालाई जनता लुट्ने लुटतन्त्र भनेको छ भने राज्यसत्तालाई दलाल सत्ता भन्दै विभिन्न बहानामा जनता लुटेर गरीबी, बेरोजगारी, महङ्गी र कालोबजारीले नेपाली समाज आक्रान्त भएको दावी गरेको छ । 
त्यस्तै जनपरिषद्ले काटेको पत्रमा दलाल पुजिँवादी सत्तासँग जुनसुकै प्रकारको प्रतिवाद गर्ने सन्दर्भमा उत्पन्न हुने परिस्थितीको जिम्मेवार आफै हुनुपर्ने चेतावनी समेत दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप