शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेसहरा बनेका बराम परिवारलाई नाम्जुङ सेवा समाजको आर्थिक सहयोग

मङ्गलबार, ०६ चैत २०७४, १६ : २४
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौँ-नाम्जुङ सेवा समाजले बेसहारा बनेका बराम परिवारलाई आर्थिक सहयोग गरेको छ ।
 सहिद लखन गाउँपालिका वडा न-९ निवासी बराम परिवारलाई नाम्जुङ्ग सेवा समाजले घर निर्माणको लागि आर्थिक सहयोग गरेको हो ।
बेसाहरा बनेका धनबहादुर बराम र सोबिता बरामलाई स्थाई घर बनाउनको लागि समाजले १ लाख ४५ हजार एक कार्यक्रमबिच हस्तान्त्रण गरेको समाजका प्रथम उपाध्यक्ष दिनेश थापाले जानकारी दिए ।
 सहिद लखन गाउँपालिका वडा न-९ का वडा अध्यक्ष रामप्रसाद लामिछाने पिडित परिवारलाई रकम हस्तान्तरण गरेको उपाध्यक्ष थापाले बताए ।
   २०७२ सालको भूकम्पले घर भत्काएको र भूकम्प पिडीतको सुचिमा नाम नरहेकोले विगत केहि बर्ष देखि अस्थाई टहरामा कष्टकार जिबन यापन गरिरहेका बराम परिबारलाई समाजले सामाजिक संजालमार्फत रकम जम्मा गरि उक्त रकम हस्तान्तरण गरेको हो । 
१६ वर्षीय धनहादुर र १३ वर्षीया सोबिता दाजुबहिनि हुन्  । धनबहादुर र सोविताका बाबु बुद्धिबहादुर बरामको दुई महिना आगाडि मात्र निधन भएको थियो । आमा समेत सिकिस्त बिरामी छिन् । बाबुआमाको अवस्था त्यस्तो भएपछि दाजुबहिनी बेसहरा बनेका थिए ।
सेवा समाजले दिएको रकमले अब छिटै नयाँ घर बनाउने पिडित धनबहादुर बरामले बताउदै सहयोगी तथा परोपकारी मनहरूमा हार्दिक आभार ब्यक्त गर्दै नाम्जुङ्ग सेवा समाज प्रति धन्यबाद ब्यक्त गरेका छन् । 
सामाजिक सेवामा महत्वपुर्ण काम गर्दै आएको सेवा समाजले यस अघि एम्बुलेन्स खरिद गरि उक्त गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
         सँस्थाका अध्यक्ष शिब बन्जाराले आगामी दिनहरुमा पनि सँस्थाले यस्ता गरिब दुःखीहरूको पीडामा मलम लगाउदै,बिभिन्न सामाजिक कार्यको लागि निरन्तर लागि रहने प्रतिबद्धता गर्दै यस अभियानमा देश तथा बिदेशबाट सहयोग गर्नु सम्पूर्ण परोपकारी मनहरूमा धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि निरन्तर मायाँ,सद्भाब र सहयोगको अपेक्षा गरेको बताए. 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप