शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिँढी चढ्दाका फाइदा

मङ्गलबार, ०६ चैत २०७४, १५ : ५०
मङ्गलबार, ०६ चैत २०७४

आजभोलिका मानिससँग एक्सरसाइज गर्ने पर्याप्त समय नहुन पनि सक्छ । यदि यसो हो भने अफिस जाँदा वा घर फर्किएपछि लिफ्टको सट्टा सिँढी चढ्नु फाइदाजनक हुन्छ । किनकि, सिँढी चढ्नु पनि निकै उत्तम एक्सरसाइज हो । यस्ता छन् सिँढी चढ्दाका फाइदा :

तौल कम गर्छ
क्यानडामा भएको एउटा अनुसन्धानले बताएको छ कि सिँढी चढ्दा जगिङको तुलनामा बढी क्यालोरी नष्ट हुन्छ । ५४ किलो तौल भएको मानिसले ३० मिनेट सिँढी चढ्दा २२० क्यालोरी जलेर जान्छ । ताकि, एरोविक गर्दा १९० क्यालोरी मात्र नष्ट हुन्छ ।

लेग टोन
कम्मरभन्दा तलका मांसपेशी र हड्डी तन्दुरुस्त राख्न चाहनेले पनि सिँढी चढ्दा उत्तम हुन्छ । सिँढी चढ्दा शरीर स्लिम बनाउन मद्दत गर्छ, जस्तै– क्वाड्रसिप्स, पिँडुला, ग्लुट्स, हिप्स र हेमस्ट्रिङलाई निकै आकर्षक बनाउँछ । यस्तो गतिविधिले हाडलाई पनि मजबुत पार्छ ।

चिनी कन्ट्रोल
सिँढी चढ्दा रगतमा चिनीको मात्रा पनि कम हुन मद्दत पुग्छ । त्यस्तै, स्वाँस्वाँ हुने र मुटुको समस्यामा पनि सुधार ल्याउँछ ।

डाक्टरले भन्ने गर्छन् कि प्रत्येक दिन १० मिनेटसम्म सिँढीमा तल–माथि गर्दा मुटु स्वस्थ हुन्छ । यस्तो गतिविधिले मांसपेशीमा फाइबर र अक्सिजनको मात्रालाई पनि सन्तुलित राख्छ । यस्तो गतिविधिले शरीरलाई ऊर्जा प्रदान गर्न पनि भूमिका निर्वाह गर्छ ।

स्टामिना बढ्छ 
सिँढी चढ्ने बानी धैर्य बढाउने अर्को तरिका हो । यसले शरीरमा स्टामिना बढाउन पनि भूमिका खेल्छ । सुरुमा सिँढी चढ्दा थकाइ लाग्न सक्छ । श्वास पनि फुल्न सक्छ । तर, बिस्तारै–बिस्तारै सहने शक्ति आर्जन हुन्छ र तपाईंलाई स्टामिना बढेको अनुभूति हुन्छ ।

यस्ता व्यक्तिले नचढ्नुस्
घुँडाको समस्या भएका मानिसले सिँढी चढ्नु हुँदैन । किनकि, यस्तो समस्या थप बढ्न सक्छ । त्यस्तै, पहिलो दिन नै लामो समय सिँढी चढ्ने प्रण पनि नगर्दा राम्रो । पहिलो दिन १० मिनेटसम्म चढ्नुस् र यसलाई बढाएर ३० मिनेटसम्म पु¥याउनुस् । यस्तो बानीले लामो समयसम्म बाँच्न मद्दत पुग्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप