शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेत्री जया पर्दा नेपालमा, बलिउडमा संघर्ष गर्दा गरेकी थिइन् पशुपतिको भाकल

मङ्गलबार, ०६ चैत २०७४, १५ : ३९
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौं– बलिउड अभिनेत्री जया पर्दा नीजि  भ्रमणको सिलसिलामा मंगलबार नेपाल आइपुगेकी छिन् । हिन्दु आराध्यदेव पशुपतिनाथको पुरानो भाकल रहेको र सो पूरा गर्नको लागि उनी नेपाल आएको बताइएको छ । 
नेपाल आएलगत्तै  मंगलबार पशुपति क्षेत्र विकास कोषमा पुगेर उनले पूजाविधिका बारेमा जानकारी लिएकी छिन् ।  बलिउडमा संघर्ष गर्दाताका सफलताका लागि पशुपतिको भाकल गरेको र सो पूरा गर्नका लागि अहिले काठमाडौं आएको बुझिएको पशुपति क्षेत्र विकास कोषका सदस्य राजु केसीले जानकारी दिए ।

आज पशुपतिको अवलोकन भ्रमण गर्ने काम जया पर्दाबाट भएको र भोलि बिहान  विशेष पूजा गर्ने कार्यक्रम तय भएको केसीले रातोपाटीलाई जानकारी गराए ।  

पूजा गरेर उनी बुधबार  स्वदेश फर्किने बताइएको छ । 

जया पर्दाले मा, सन्जोग, औलाद, मावली, कामचोर, आज का अर्जुन, स्वराज से सुन्दरलगायत चार दर्जको हाराहारीका बलिउड फिल्ममा अभिनय गरेकी छिन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप