शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जलाउनै लागेको शव प्रहरीले गर्यो बरामद

मङ्गलबार, ०६ चैत २०७४, १५ : २५
मङ्गलबार, ०६ चैत २०७४

रौतहट-रौतहटमा प्रहरीले चिता बनाएर जलाउनै लागेको मृतकको शव बरामद गरेको छ । 

प्रहरीले मृतकको हत्या भएको आशंकामा शव बरामद गरेको छ । 

श्रीमानको निर्घात कुटाईबाट रौतहटमा एक महिलाको ज्यान गएको थियो ।  

रौतहटको कटहरिया नगरपालिका ५ का विजय साह सोनारको कुटाईबाट उनकी श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमवार राति विजय साह उनकी ३५ वर्षीया श्रीमती राजकुमारी देवीबीच झगडा भएको स्थानीयले बताए ।

ज्यान गएकी महिलाको शव गोप्य रुपमा सदगद गर्न नदि किनारामा लगेर जलाउन ठिक्क पारेको अवस्थामा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रातिको समयमा श्रीमती कुटेर मारेको भन्ने विषेश सूचनाकाआधारमा चिताबाटै शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

मृतकको घाँटीमा निलो डाम देखिएकाले घाँटी थिचेर मारेको प्रहरीको आशंका गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप