शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइएसआईएसको कैदमा रहेका ३९ भारतीय मारिएको  स्वराजको खुलासा

मङ्गलबार, ०६ चैत २०७४, १५ : ०१
मङ्गलबार, ०६ चैत २०७४

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मंगलबार इराकको मसुलबाट अपहरण गरिएका ३९ जना भारतीय नागरिकलाई आइएसआईएसले हत्या गरेको खुलासा गरेकी छिन् । मृत्तकको शवलाई भारत ल्याउने प्रक्रियासमेत शुरु भइसकेको उनले जानकारी दिइन् ।

सन् २०१४ को जुनमा भारतबाट रोजगारीका लागि मोसुल पुगेका मजदुरहरुलाई आतंकवादीहरुले बन्धक बनाएका थिए । 

मोसुललाई आइएसआईसबाट मुक्त गराएपछि बन्धक बनाइएका मजदुरबारे जानकारी जुटाउन जनरल विके सिंह इराक पुगेका थिए । 

बन्धक बनाइएका ४० भारतीय मध्ये एक हरजीत मसीह भने आतंकवादीहरुको हिरासतबाट भाग्न सफल भएका थिए । उनले बाँकी भारतीयहरुलाई आफ्नो आँखाको अगाडि हत्या गरिएको बताएका थिए ।

सुष्पमाले भनिन्, ‘म एउटा महत्वपूर्ण सूचना सदनलाई भन्न चाहन्छु । सन् २०१५ मा इराकमा हाम्रा ३९ भारतीयहरुलाई आइएसआइएसले बन्धक बनाएका थिए ।’

सुष्माले सन् २०१५ जुनमा बन्धक बनाएको बताए पनि उनीहरुलाई २०१४ मा बन्धक बनाइएको यिो ।

सन् २०१७ को जुलाई २७ मा पनि यस विषयमा संसदमा चर्चा भएको थियो । त्यसको अर्को दिन सुष्माले सदनमा जवाफ दिँदै आफूसँग उनीहरु मारिएको कुनै प्रमाण नभएको र त्यो प्राप्त नभएसम्म उनीहरुलाई मृत्त घोषणा नगर्ने बताएकी थिइन् । ‘म यस्तो गैरजिम्मेवारपूर्ण काम र पाप गर्दिन,’ उनले भनेकी थिइन् ।

उनले त्यतिबेला आफूलाई एउटा पनि प्रमाण प्राप्त भए, पक्का प्रमाण प्राप्त भए सदनलाई यसबारे जानकारी दिने, सदन नचलेको भए १० मिनेटभित्र ट्वीटरबाट जानकारी दिने प्रतिबद्धता जनाएकी थिइन् ।
मंगलबार उनले भनिन्, ‘आज मसँग दुई कुराको पक्का प्रमाण छ । पहिलो – हरजीत मसीहको कुरा सत्य होइन । दोस्रो – भारी मनले भनिरहेको छु उनीहरु मारिएका छन् ।’

स्वाराजका अनुसार हरजीत उनको पूवर्ववत बायन विपरित बंगलादेशी नागरिक उनीहरुसँग बनेर त्यहाँबाट अपहरणमूक्त भएर भागेका थिए ।

त्यस्तै, बदुशमा रहेको सामूहिक चिहानबाट फेला परेका ३९ शव मध्ये ३८ जनाको डिएनए म्याच भएको र एक जनाको ७० प्रतिशत डिएनए म्याच भएको उनले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप