बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीले बस्ती उजाड, बालबालिकाकाे भविष्य अन्धकार

मङ्गलबार, ०६ चैत २०७४, १४ : ३०
मङ्गलबार, ०६ चैत २०७४

मनोज भुजेल

इटहरी । सुनसरीकी १६ वर्षीया पूजा कुमारी चौधरीलाई बिहिबारबाट सञ्चालन हुन गइरहेको एसईई परीक्षामा कसरी दिने भन्ने चिन्ताले सताउन थालेको छ । भएको एउटा घर अनि परीक्षाको तयारीका लागि किताब कापी र गेसपेपर एउटै ठाँउमा जलेर खरानी भएपनि परीक्षा अब कसरी दिने भन्ने विषयमा उनलाई चिन्दा बढेको हो । उनी नजिकिदै गरेको परीक्षाको लागि अवश्यक पर्ने किताव कापी लगायत शैक्षिक सामाग्री कसरी जुटाउने भन्ने विषयमा अलमल्लमा छिन् । ज्यान जोगाउन त सफल भइन् पूजा तर अब परीक्षाको सामना गर्ने कसरी उनी यही कुराको गहिरो चिन्तामा छिन् ।
‘परीक्षा आउन दुई दिन बाँकी छ, न किताब छ न घर’,  उनले भनिन् । प्रवेश पत्र लिनलाई जोह गरेर राखेको २५ सय रुपयौ पनि घर भित्रै जल्यो, अब कसरी परीक्षामा सहभागी हुने उनले प्रश्न गरिन् ।
पूजा मात्र हैनन उनका धेरै सहपाठीहरुको पनि चिन्ता यस्तै छ । इक्राई बस्तीमा यस वर्षको एसईई परीक्षामा ८ जना सहभागी हुँदै थिए । तर, आगलागीले सबै सपना खरानी बनाइदिएको छ यहाँका विद्यार्थीहरुको ।
गत शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका ११ स्थित इक्राह बस्तीमा लागेको आगोले गाउँनै सखाप भएपछि पूजा जस्तै एसइइ दिने बिद्यार्थीहरु अन्यौलमा परेका हुन् । इक्राई बस्तीलाई आगोले उजाड मात्रै बनाएन, त्यहाँ रहेका बालबालिकाको भविष्य समेत अन्धकार बनाइदिएको छ ।
५० परिवारका ४९ घर जलेर खरानी भएपछि यस गाँउका विद्यार्थीहरु आफनो भबिष्य प्रति अझ चिन्तित भएका छन् । शरीरमा लगाएको एकसरो कपडा मात्र बचेपछि बिद्यालय जान त पर जावोस् खाने के हो भन्ने चिन्ता पनि उनीहरुमा छ ।


यति बेला आगलागीका कारण घरका सम्पूर्ण सामाग्रीहरु सहित बालवालिकाको किताव, कापी, कलमका साथै विद्यालय पोशाक समेत जलेर खरानी भएको छ । जलेको अबशेषमा किताव कपीका पाना काही कतै देखिन्छन् ।
शनिवार राती भएको आगलागीमा परि इक्राई वस्तीका ५० परिवारका घर तथा टहराहरु जलेका थिए । जहाँ ७० जना विद्यार्थीहरुका शैक्षिक सामाग्रीहरु समेत खरानी बन्न पुगेको हो ।
मस्त निन्दामा रहेको समयमा आगलागी हुँदा हतारहतार भागेर पीडितको ज्यान जोगिएको थियो । 
लगाएका लुगा बाहेक केही पनि नबचेकाले परीक्षाको मुखमा शैक्षिक सामाग्री विहीन बन्नु परेको विद्यार्थी अमिन सरदार गुनासो छ । सरदार कक्षा ९ मा मधुवन माविमा अध्ययनरत छन् । पिडित विद्यार्थीहरु विभिन्न संघसंस्थाहरुले राहत उपलब्ध गराउन थालेपनि आफुहरुका लागि शैक्षिक सामाग्री कसैले पनि उपलब्ध नगराएको गुनासो गर्दछन् । 
यता आगलागी पिडित बिद्यार्थीको बिषयमा बराहक्षेत्र नगरपालिका भने उद्धार र राहतको कार्यक्रममा व्यस्त बनेको कारण यसतर्फ ध्यान नपुगेको बताउछ । बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरले बिद्यार्थीको बिषय गम्भीर भएकाले सम्बन्धित बिद्यालयलाई अबस्थाको बारेमा जानकारी गराई उनिहरुलाई अध्ययनको लागी सहज बनाउने दाबी गरिन् ।
जिल्ला वाल कल्याण समितिले प्रारम्भिक चरणमा गरेको सर्वेक्षणबाट ७० जना बालबालिका समस्यामा रहेका छन् । आगलागी पीडितहरू अहिले संघसस्थाले उपलब्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन् । महिला , बालबालिका र वृद्ध तथा वृद्धाहरूलाई अव्यवस्थित रूपमा खुला बसेकाले स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।
यस बस्तीमा आगलागी हुँदा एक करोड ३७ लाख ६० हजार बढीको क्षति भएको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप