बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२३ जना रुसी कुटनीतिज्ञहरुले तत्काल बेलायत छाड्दै

मङ्गलबार, ०६ चैत २०७४, १४ : २८
मङ्गलबार, ०६ चैत २०७४

एजेन्सी– रुसी कुटनीतिज्ञहरुले बेलायत छोड्ने तयारी गरिरहेका छन् । उनीहरुलाई यही मार्च १५ मा एक हप्ताभित्र बेलायत छोड्न समय दिइएको थियो ।  बेलायतमा रहेका २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय बेलायतले गरेपछि उनीहरुले भोलिसम्ममा देश छोड्ने तयारी गरिरहेका बताइएको छ । 

विष सेवन गराएर एकजना पूर्व रूसी गुप्तचर र उनकी छोरीको हत्या प्रयास गरेको आरोपमा बेलायतले २३ जनालाई देश निकालाको निर्णय गरेको हो ।  यसअघि अमेरिका लगायतका देशहरूले पनि बहुचर्चित विष आक्रमणको घटनामा रुसनै दोषी रहेको बताएका थिए । 

अघिल्लो बुधबार बेलायती प्रधानमन्त्री थेरेसा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी थिइन् ।  पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध हत्या प्रयासमा यी रुसीहरुको हात रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप