शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजी पक्राउ

मङ्गलबार, ०६ चैत २०७४, १३ : ५४
मङ्गलबार, ०६ चैत २०७४

पेरिस । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजी पक्राउ परेका छन् । 

उनको चुनावी अभियानको वित्तपोषणको बारेमा सोधपुछ गर्नका लागि उनलाई प्रहरीले हिरासतमा राखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अदालतको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले प्रहरीले उनको चुनावी अभियानको क्रममा आएको रकमको स्रोतबारे सोधपुछ गरिरहको उल्लेख गरेको छ ।

यता, सन् २००७ मा उनको चुनावी अभियानमा लिबियाबाट रकम आएको आरोपको अनुसन्धान भइरहेको ले मोन्डे पत्रिकाले जनाएको छ ।

साराकोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए ।

सन् २०१७ मा उनले पुनरागमन गर्ने प्रयास गरे पनि उनकै पार्टीका समर्थकहरुको मत जित्न सकेनन् । जसले गर्दा उनी फ्रान्कोइस फिलन र आलियन जुप्पेभन्दा पछि पर्न गए ।

यसअघि पनि साराकोजीमाथि लोरेयालकी उत्तराधिकारी लिलियन बेटेनकोर्टबाट उनको ‘मानसिक कमजोरी’ को फाइदा उठाउँदै पार्टीका लागि सन् २००७ को चुनावमा चन्दा उठाउने प्रयास गरेको आरोप लागेको थियो ।

तर, पछि उनीमाथि लगाइएको मुद्दा फिर्ता लिइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप