बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सीको आक्रामक भाषण : दुश्मनविरुद्ध रक्तिम युद्ध लड्न तयार छौँ

मङ्गलबार, ०६ चैत २०७४, १३ : ३५
मङ्गलबार, ०६ चैत २०७४

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले १३ औँ नेशनल पिपल्स कङ्ग्रेसलाई सम्बोधन गरेका छन् । यसक्रममा उनले चीनलाई उदयमान विश्वको शक्तिको संज्ञा निकै आक्रमक र राष्ट्रवादी भाषण दिएका छन् ।

राष्ट्रपति सीले ‘समग्र एकता प्राप्ति’ ‘सबै चिनियाँ जनताको सामुहिक आशा’ रहेको बताउँदै यसलाई खण्डित गर्ने प्रयास असफल हुने बताएका हुन् ।

उनले सम्बोधनमा ताइवान र हङकङको पृथकतावादी अभियानविरुद्ध कडा चेतावनी दिएका छन् ।

उनले चीन हाल प्राप्त गरेको विकासमा मात्र सुसन्तुष्ट हुन नसक्ने चेतावनी पनि दिएका छन् ।

यता, प्रधानमन्त्री लि खस्याङले चीन व्यापारमा वैश्विक सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

उनले चीनले आफ्नो अर्थतन्त्रलाई अझ खुला बनाउँदै घरेलु र विदेशी कम्पनीहरुले चीनको ठूलो बजारमा स्वच्छ प्रतिस्पर्धा गर्न मिल्ने वातावरण तयार गर्ने कुरा पनि राखे ।

सी सन् २०१३ मा पहिलो पटक चीनको राष्ट्रपति बनेका थिए र अब उनले आजीवन चीनको नेतृत्व गर्ने देखिएको छ । नेसनल पिपल्स कङ्ग्रेसले हालैमात्र राष्ट्रपति पदका लागि दुई कार्यकालको प्रावधान हटाएको थियो ।

उनलाई माओ त्से तुङपछि कै चीनको सबैभन्दा शक्तिशाली नेताको रुपमा हेरिन थालिएको छ । कङ्ग्रेसका दौरान आफ्ना निकटस्तहरुलाई महत्वपूर्ण भूमिका दिएर उनले आफूलाई झन् शक्तिशाली बनाएका छन् ।

ग्रेट हल अफ पिपलमा गरिएको सम्बोधनमा सीले चीनको इतिहासको मुख्य सफलताहरुलाई दोहोराएका थिए जसमा बारुदेखि कन्फुसियसका लेखाईसम्मको चर्चा गरेका थिए ।

उनले चीनका लागि आफ्नो भव्य योजना प्रस्तुत गर्दै भने, ‘इतिहासले देखाएको छ समाजवादले मात्र चीनको रक्षा गर्न सक्छ ।’

‘चीनका जनतासँग अन्त्यसम्म आफ्ना दुश्मनहरुसँग रक्तिम युद्ध लड्ने सहास छ,’ उनले भने, ‘हामी विश्वमा आफ्नै स्थान बनाउन संकल्पबद्ध छौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप