शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्छुः मन्त्री विश्वकर्मा

मङ्गलबार, ०६ चैत २०७४, १३ : २५
मङ्गलबार, ०६ चैत २०७४

पोखरा– युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताएका छन् ।  नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए । 

खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।  पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै उनले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने उल्लेख गरे । 

सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद ९साग०लाई सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उनले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको बताए ।  आगामी बजेटले खेललाई प्राथमिकता दिने बताउँदै मन्त्री विश्वकर्माले युवा सशक्तीकरणका कार्यक्रमलाई पनि अघि बढाउने उल्लेख गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप